विश्वविद्यालयका परीक्षा दसैंअघि नै गरिने

काठमाण्डौ । कोरोना महामारीका कारण रोकिएका विश्वविद्यालयहरूको परीक्षा अब वैकल्पिक माध्यमबाट भए पनि दसैंअघि नै सञ्चालन गर्ने बताइएको छ । कोरोना संक्रमण घट्दै गएको खण्डमा परम्परागतसहित अनलाइन र अन्य माध्यमबाट परीक्षा सञ्चालन गर्ने उपकुलपतिहरूले बताएका छन् ।

उपकुलपतिहरूका अनुसार यहि असोजभित्र नै वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्ने गृहकार्य भइरहेको छ । समय तथा अवस्थाक अनुसार अनलाइन, आन्तरिक मूल्यांकन, ओपन बुक तथा परम्परागत विधिबाट परीक्षा सञ्चालन गरिने उपकुलपति धर्मकान्त बाँस्कोटाले जनाएका छन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

वैकल्पिक माध्यमबाटै पठनपाठन र परीक्षालगायत शैक्षिक गतिविधि अघि बढाउनका लागी सम्पूर्ण विद्यार्थीलाई क्याम्पस र विभागको सम्पर्कमा आउन त्रिविले सुचना सर्कुलर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *