उपत्यकाका सीडीओ र मेयरबीच छलफल : लम्बिन्छ निषेधाज्ञा ?

काठमाडौं । कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी, मेयर र प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साताका लागी निषेधाज्ञा जारी राख्न सिफारिस गरेका छन् । कोरोनाको प्रकोप कम नभएका कारण निषेधाज्ञा लम्ब्याउन माग गरिएको हो ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकाका मेयरहरुसँग अहिलको अवस्थाबारे छलफल भएको बताएका छन् भने अझैसम्म कुनै ठोश निर्णय भने नभएको बताइएको छ । आजको छलफलमा मेयरहरुले एक साता निषेधाज्ञा राखे आइसोलेसन सेन्टर बढाउन सकिने र प्रभावकारी ढंगले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिने बताएको बैठकमा सहभागी रहेका एक अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *