बाराका दुइ पुरुषको कोरोना संक्रमणबाट मृत्यु

काठमाण्डौ । कोरोना भाइरस संक्रमणका कारण मंगलबार बाराका २ जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सुवर्ण गाउँपालिका–४ परशुरामपुरका ७२ वर्षीय पुरुष र महागढीमाई नगरपालिका ४ दहियारटोल बस्ने ५९ वर्षीय पुरुष रहेको गण्डक कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहले जानकारी दिएका हुन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

दुवै जनाको वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यससँगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ४१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *