महोत्तरीमा कोरोनाका कारण थप दुईजनाको मृत्यु

काठमाण्डौ । महोत्तरीमा मंगलबार एकैदिन दुई जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको मनरा सिस्वा नगरपालिका-३ का ७५ बर्षीय बृद्ध र बलवा नगरपालिका- ३ का ७७ बर्षीय बृद्ध रहेका छन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मनरा सिस्वाका बृद्धको जलेश्वर अस्पतालमा मंगलबार बिहान साढे ११ बजे मृत्यु भएको हो भने बलबा नगरपालिकाका ७७ वर्षीय बृद्धको पनि मंगलबार  बिहान साढे ११ बजे नै जनकपुरधामको प्रादेशिक अस्पतालमा  उपचारको क्रममा मृत्यु भएको हो । यससँगै महोत्तरीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *