७ मृत्यु सहित थपिए यति धेरै संक्रमित

काठमाण्डौ । नेपालमा गएको २४ घन्टामा मात्र थप ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७ जनाको मृत्यु भएको छ । यससँगै कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ भने मृतकको संख्या १ सय ६४ पुगेको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा ३ सय १३ जना कोरोना मुक्त भएका छन् । यस्तै अहिलेसम्म १९ हजार १ सय १९ निको भइसकेको छन् भने १४ हजार २ सय ५० अझै पनि आइसोलेसनमा रहेका छन् । विभिन्न स्थानमा गरेर अझै पनि १० हजार ४ सय ५३ जना क्वारेन्टिनमा रहेका छन् । अहिलेसम्म कुल ६ लाख २१ हजार ९ सय १ जनाको पिसिआर परिक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *