सुदूरपश्चिम प्रदेशमा थप ५० जनामा कारोना पुष्टि

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा थप ५० जना मानिसमा कारोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पताल प्रयोगशालामा आज कुल ६ सय ६६ नमूना परीक्षण गरिएका थियो जसमध्ये ५० जनामा संक्रमण पुष्टि भएको हो ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

संक्रमण पुष्टि हुनेमा डडेल्धुराको अमरगढी नगरपालिकाका २, अछामको बान्नीगढी जयगढ गाउपालिकाका १७जना, कञ्चनपुर शुक्लाफाटा नगरपालिकाका ८ जना, बझाङ्ग छब्बिस पाथिभाराका ६ जना र दुर्गाथलीका २ जना रहेका छन् । त्यस्तै कैलालीको बर्दगोरीया गाउँपालिकाका ४, घोडाघोडी नगरपालिकाका ७ र जानकी गाउँपालिकाका ४ जनामा पनि संक्रमण पुष्टि भएको अस्पताल प्रयोगशाला ईन्चार्ज ईश्वरीप्रसाद भुसालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *