काठमाडौंमा कोरोना संक्रमणबाट कांग्रेस नेताको मृत्यु

काठमाडौं । काठमाण्डौमा कोरोना भाइरस संक्रमणका कारण नेपाली कांग्रेसका स्थानीय नेताको मृत्यु भएको छ । नेपाली कांग्रेसको कााठमाडौं महानगरपालिका वडा नम्बर २१ कार्यसमितिका सभापति रहेका ६७ वर्षीय गोविन्द रञ्जितको उपचारका क्रममा आज अर्थात् मंगलबार दिउँसो सशस्त्र प्रहरी बल (कोरोना विशेष) अस्पताल बलम्बुमा मृत्यु भएको हो ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

निमोनियाबाट ग्रसित रहेका उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै गत साउन ३२ गते बलम्बु अस्पतालमा भर्ना गरिएको थियो भने अवस्था जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । उनी मधुमेह र उच्च रक्तचापबाट समेत ग्रसित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *