एनआइसी एशियाको ‘सुपर सिक्स योजना’ सार्वजनिक : पाँच सयसम्म क्यासब्याक

काठमाण्डौ । एनआइसी एशिया बैंकले अहिलेको कोरोनाको महामारीलाई मध्यनजर गर्दै विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका निम्ति ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ । यस अन्तर्गत ग्राहकहरूले यस बैंकको मोबाइल बैंङ्किङमार्फत हप्तामा ६ वटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा पाँच सयसम्म रकम फिर्ता प्राप्त गर्न सक्नेछन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यो योजना २०७७ भाद्र ८ गते देखि २७ गतेसम्म गरिएको कारोबारका लागि मात्र मान्य हुने बताइएको छ भने न्यूनतम एक सयसम्मको कारोबार हुनुपर्ने व्यवस्था रहेको छ । यस योजनामा मोबाइल बैंङ्किङमार्फत गरिने वालेट लोड, रकम ट्रान्सफर तथा क्रेडिट कार्ड भुक्तानीलाई भने समावेश गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *