बैंकको सुरक्षाकर्मीको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा संचारकर्मीमा कोरोना पुष्टि

काठमाण्डौ । पोखरा –२७ को एकजना बैंकमा कार्यरत रहेका सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा एकजना सञ्चारकर्मीमा संक्रमण पुष्टि भएको छ । उक्त बैंक रहेको भवनमा नै उनी कार्यरत एफएम रहेको छ भने उनको स्वाब शनिबार पोखरा –२७ को वडा कार्यालयमा सङकलन गरिएको थियो ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सङ्क्रमण पुष्टि भएपछि अहिले उनलाई आइसोलेशनमा लैजाने तयारी गरिएको छ भने उनको कन्ट्रयाक्ट ट्रेसिङको प्रक्रिया समेत अघि बढाइएको छ ।  प्रदेश निर्देशनालयको मंगलबार सार्वजनिक पछिल्लो जानकारी अनुसार पोखरामा मात्रै ११ जना  र गण्डकीमा १७  कोरोना नयाँ सङक्रमित थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *