बाग्लुङमा पहिरोले घर पुरिँदा एक किशोरीको मृत्यु

काठमाण्डौ । अविरल वर्षाका कारण आज बिहान खसेको पहिरोले घर पुरिंदा बाग्लुङ जिल्लाको ढोरपाटनमा घरमै सुतिरहेकी एकजना किशोरीको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका­ २ अर्नाकमा घरमाथिबाट खसेको पहिरोमा पुरिएर प्रकाश परियारको १९ वर्षीया छोरी पूजा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिएका छन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

आज बिहान १ बजेको समयमा खसेको पहिराले घर पुरिँदा उनको मृत्यु भएको बताइएको छ । पहिरोका कारण घर पनि पूर्ण रुपमा क्षति भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *