चितवनका ४ नगरपालिकाले बनाए संयुक्त आइसोलेसन

काठमाण्डौ । चितवन जिल्लामा कोराना संक्रमितको संख्या दिनहुँ बढ्न थालेपछि पूर्वी चितवनका चार वटा नगरपालिकाले संयुक्त रुपमा आइसोलेसन केन्द्र तयार गरेका छन् । रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकाकाले रत्ननगर नगरपालिका– टरौलीस्थित नेपाल कृषि सहकारी केन्द्रीय संघको तालिम तथा अनुसन्धान केन्द्रको भवनमा आइसोलेसन केन्द्र निर्माण गरेको हो ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

तालिम केन्द्रमा ६२ शय्याको आइसोलेसन सुरु गरिएको छ भने अब यसलाई विस्तार गरेर १०० शय्यासम्म बनाउने तयारी रहेको छ । साथै आइसोलेसनमा स्वास्थ्य कर्मचारी, सुरक्षाकर्मी तथा एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन् । आइसोलेसनमा लागेको खर्च चार वटै नगरपपालिकाले दामासाहीले ब्यहोर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *