धोनी र सुरेश रैनाले गत शनिबार गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास , चर्चा झन चुलिदै

काठमाडौं ।

क्रिकेट प्रेमिहरुका लागि निकैनै दुखद खबर को रुपमा दुई खेलाडिको सन्यास आएको छ ।

भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनी र ब्याट्सम्यान सुरेश रैनाले गत शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरे । भारतले ७३ औं स्वतन्त्रा दिवस मनाइरहँदा शनिबार  साँझ यी दुई खेलाडीले भने सबैखाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन ।

अहिले कोभिड-१९ को महामारीको त्रास रहेका बेला कुनै पनि खेल नखेली दुवैले सन्यास लिँदा धेरै आश्चर्यमा पनि परे । दुवै जनाले सामाजिक सञ्जाल इन्स्टाग्रममार्फत सन्यासको घोषणा गरेका छन ।

धोनीले भारतका लागि ३५० ओडीआई, ९० टेस्ट र ९८ टी-२० क्रिकेट खेलेका छन् ।

यस्तै उत्कृष्ट फिल्डरको रुपमा परिचित ३३ वर्षीय रैनाले भारतका लागि १९ टेस्ट, २२६ ओडीआई र ७८ टी-२० खेलेका छन् । रैना भारतका लागि तीनवटै फर्म्याटमा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *