बागलुङमा एक संक्रमितबाट ९ जनामा संक्रमण फैलियो

बागलुङ

कोरोना भाइरसले म*हामा*रीको रुप लिएको पनि निकै लामो समय भइसकेको छ । यसले सबैलाई प्र*भावित पारेको छ । हरेक दिन सं*क्रमित तथा मृ*तकको संख्या ब*ढी नै रहेको छ ।

जिल्लामा एकै संक्रमितबाट ९ जनामा कोरोना संक्रमण फैलिएको पाइएको छ। समुदाय स्तरमा संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिका वडा नम्बर ३ कि महिला व्यवसायीबाट पछिल्लो एक सातामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

अस्पतालमा बिरामी भएर परीक्षणका लागि पुगेका उनलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण भएको संकेतपछि चिकित्सकको परामर्शमा स्वाब लिएर पीसीआर गर्दा कोरोना पोजिटिभ देखिएको थियो। व्यवसायी भएकाले यसबीच धेरैसँग सम्पर्क भएको कन्ट्याक्ट ट्रेसिङमा पाइएपछि २५ जनाभन्दा बढी प्रत्यक्ष सम्पर्कमा रहेकाको पीसीआर परीक्षण गरिएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जनाए।

कन्ट्याक्ट ट्रेसिङबाट सुरुमा एकैसाथ परिवारका ६ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो। ‘नगरको समुदाय स्तरमा संक्रमण अलि अकल्पनीय रुपमा फैलियो, व्यवसायी महिलाबाट सुरुमा परिवारका ६ जनामा सरेको पाइयो’, स्वास्थ्य शाखा प्रमुख खनालले भने, ‘त्यही ६ जनाको कन्ट्याक्ट ट्रेसिङबाट फेरि एक जनामा कोरोना पोजिटिभको रिपोर्ट आयो, उनै एक जनाको कन्ट्याक्ट ट्रेसिङबाट सोमबार थप दुई २० वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो।’

बानपा ३ कि कुखुरा पालक व्यवसायी महिलाभन्दा अघि बानपा २ की होटल व्यावसायी महिलामा कोरोना देखिएको थियो। तर, उनको कन्ट्याक्ट ट्रेसिङबाट थप संक्रमण नदेखिएको नगर स्वास्थ्य शाखाले जनाएको छ। संक्रमितको सम्पर्कमा आएकोमा धमाधम संक्रमण पुष्टि हुन थालेपछि बागलुङ बजारमा उच्च जोखिम बढी रहेको छ।

जिल्लामा संक्रमितको सम्पर्कमा आएका १ सय ५१ जनाको स्वाब परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ भने ४८ जनाको रिपोर्ट आउन बाँकी रहेको बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख खनालले जानकारी दिए। अब समुदाय स्तरमा थप परीक्षणको दायरालाई बढाउने तयारीमा रहेको उनले बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *