कोरोना संक्रमितको संख्या २ करोड ३८ लाख नाघ्याे

काठमाण्डौ । सन् २०१९ डिसम्बरबाट चीनको वुहानबाट फैलिन थालेको कोरोना भाइरसले अहिले सिंगो विश्वलाई निकै पिरोलेको छ । हरेक दिन संक्रमितको संख्या बढिरहेको छ भने यसबाट मृत्यु हुनेको संख्या पनि निकै नै बढेको छ । यसतै अहिले कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ लाख १७ हजार ५ पुगेको छ भने संक्रमितको कुल संख्या २ करोड ३८ लाख ११ हजार ६ सय ९३ कटिसकेको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसका साथै अर्कोतर्फ कोरोनालाई पराजित गर्नेको संख्या पनि बढी रहेको छ । कुल संक्रमितमध्य अहिलसम्म १ करोड ६३ लाख ६० हजार ५ सय ३६ निको भइसकेका छन् भने अझैपनि ६१ हजार ७ सय १८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *