उपचाररत रहेका कोरोना संक्रमित आइसोलेसनबाट फरार

काठमाण्डौ । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत रहेका एकजना कोरोना सङ्क्रमित अस्पतालबाट भागेका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय युवक आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनलाई यहि भदौ ५ गते कोरोना भएको पुष्टि भएको थियो ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

केही दिनअघि चोरीको आरोपमा पक्राउ परेका ती युवकमा कोरोना पोजेटिभ देखिएपछि अनुसन्धान जारी राख्दै उनको परिवारलाई जिम्मा लगाएर उनलाई अस्पतालको आइसोलेसनमा राखिएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिएका छन् । अहिले उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *