चट्याङ लाग्दा एकको मृत्यु, दुई घाइते

काठमाण्डौ । गए राति चट्याङ लागेर कञ्चनपुरका बेलौरी नगरपालिका–१ वैशाखीका २२ वर्षीय लोकेन्द्र चन्दको मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका उनलाई उपचारका लागी कैलालीको निःसर्ग अस्पतालमा पुर्याइको थियो भने उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताएका छन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

साथै सोहि ठाउँका २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाही पनि चट्याङ लागेर घाइते भएका छन् । घर नजिकै रहेको राधाकृष्ण मन्दिरमा बसेर तीनै जना मोबाइल चलाइरहेको बेला राति ८ बजेर २५ मिनेटमा चट्याङ लागेको बताइएको छ । घाइते दुवैको अहिले निःसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *