निषेधाज्ञामा पनि रोकिएन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम

काठमाण्डौ कोरोना भाइरस संक्रमणका कारण देशका ठूला ठूला परियोजनाहरु प्रभावित बनेको समयमा चितवनको भरतपुर–१५ रामपुरमा निर्माणाधीन रहेको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम भने अटुट रूपमा चलि नै रहेको छ । महामारी फैलिएसँगै गत चैत ९ गतेबाट रोकिएको काम बैशाख २० गतेबाट पुनः संचालनमा आएको थियो भने अझैसम्म रोकिएको छैन ।

धुर्मस–सुन्तली फाउण्डेशनले रंगशाला निर्माण कार्यलाई तिब्र रुपमा अघि बढाइरहेको छ भने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) आफैँ पनि खटिरहेका छन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

कोरोना संक्रमण बढ्दै गएपछि डेढ साता अघिबाट जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा जारी गरेपछि रंगशालाका लागी आवश्यक सामाग्रीहरु जुटाउन मुस्किल हुँदै गएको छ । अहिले रंगशालामा दैनिक १ सय ३१ जना कामदारलाई क्वारेन्टिनमा राखेर काममा लगाइएको छ भने उनीहरूलाई बाहिर जान र समुदायसँग सम्पर्कमा जान रोक लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *