शेर्पा सङ्घ युकेका अध्यक्षको कोरानाबाट निधन

काठमाण्डौ । शेर्पा सङ्घ बेलायतका अध्यक्ष ५१ वर्षीय साना शेर्पाको कोरोनाका कारण सोमबार निधन भएको छ । स्थायी घर भोजपुर भएका शेर्पालाई गत असार २९ गते कोरोना पुष्टि भएको थियो भने त्यसपछि उनलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो । दुई हप्तासम्म पनि कुनै सुधार नआएका कारण उनलाई लण्डनको सेन्ट थोमस अस्पतालमा सारिएको थियो भने उनी एक साताअघि मात्रै कोरोना मुक्त भएको घोषित भएका थिए।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यद्धपी उनको कलेजोको समस्यामा कुनै सुधार नआएका कारण उनलाई उपचारका लागी अस्पतालमै राखिएको थियो भने उपचाररत रहेका उनको सोमबार दिउसो १ बजे अस्पतालमै निधन भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *