श्रीराम र श्रीकृष्णबीच के कुराको अन्तर थियो ?

काठमाण्डौ । भगवान राम र भगवान कृष्ण दुवै भगवान विष्णुका अवतार मानिन्छन् । राम र कृष्ण दुवैलाई आदर्शको रुपमा हेरिन्छ र  उनीहरुबाट धेरैले प्रेरणा लिइरहेका छन् । जीवन मर्यादामा धर्म र न्यायको रक्षार्थ कृष्ण नै भएकाले गर्दा सामान्य मानिसका नजरमा यी दुईमा केहि अन्तर हुन सक्छन् ।  रामको चरित्र सर्वथा अनुकरणीय रहेको छ भने कृष्णको चरित्र चिन्तनिय रहेको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

रामको जन्म त्रेता युगमा चैत्र शुक्ल नवमीको दिन ठिक १२ बजे भएको थियो भने कृष्णको जन्म द्धापर युगमा भाद्र कृष्ण पक्ष अष्टमीको रातीको १२ बजे भएको थियो । रामको जन्म हुँदा चारैतिर उज्यालो थियो भने कृष्णको जन्म हुँदा हरेक तर्फ अन्धकार छाएको थियो । रामको जन्म महलमा भएको थियो भने कृष्णको जन्म जेलमा भएको थियो । राम श्याम वर्णका थिए भने कृष्ण कालो वर्णका थिए । यद्धपि राम र कृष्ण दुवै भगवान विष्णुका महत्वपूर्ण अवतार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *