मुलुकभरका सबै अस्पताल कोभिड अस्पताल घोषित, यस्तो छ निर्णय :

काठमाण्डौ । कोरोना संक्रमणको संख्या तथा मृत्युदर बढ्दै गएपछि सरकारले मुलुकभरका सबै अस्पताललाई कोभिड अस्पताल घोषणा गरेको छ। यसका साथै कोरोना उपचारका लागि कार्यान्वयनमा रहेको तीन तहको कोभिड अस्पतालको संरचनात्मक व्यवस्था पनि खारेज गरिएको छ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहितको कोभिड १९ को रोकथाम तथा नियन्त्रण बैठकले उक्त निर्णय लिएको हो। यसअघि वर्गिकरण गरिएका लेभल वान, टू र थ्री लगायत सबै अस्पताललाई कोभिड अस्पतालमा परिवर्तन गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्।

यस निर्णय पश्चात अब नियमित सेवा प्रवाह भइरहेका हरेक किसिमका अस्पतालले कोरोना संक्रमित बिरामीलाई सेवा दिनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *