अमेरिकामा मृत्युको प्रमुख कारण के के त…..

बिश्वमा सबै भन्दा कोरोनाले अमेरीकालाई प्रभाब पारेको देखिन्छ। मर्ने हरूको सङ्ख्या  पनि सबै भन्दा बढि नै छ ।

एक वर्षअघिसम्म संसारमा अस्तित्वमै नरहेको रोग कोभिड– १९ यतिखेर विश्वकै सबैभन्दा शक्तिशाली देश अमेरिकामा मृत्युको तेस्रो प्रमुख कारण बनेको छ ।

संसारलाई नै यतिखेर आतंकित र हायलकायल बनाइरहेको, विश्व अर्थव्यवस्थालाई पूरै ध्वस्त पार्दै गइरहेको कोभिड–१९ रोग लगाउने सार्स–कोभ–२ नाम दिइएको कोरोनाभाइरसको संक्रमणले यतिखेर विश्वभरि २ करोड १७ लाख ५५ हजार ६९ जना (भदौ २ गते बिहान १ बजेसम्म) पीडित बनेका छन् ।

तीमध्ये अमेरिकामा मात्रै ५४ लाख १६ हजार ६ सय ३९ जना संक्रमित बनिसकेका छन् । विश्वव्यापी रुपमा कोरोनासंक्रमणका कारण ७ लाख ७६ हजार ४ सय ६९ जनाको निधन भइसकेको छ भने अमेरिकामा मात्रै १ लाख ७० हजार १ सय ९४ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *