लकडाउनमा म्याद सकिएका सवारी लाइसेन्स कहिलेसम्म जरिवानाबिना नवीकरण ?

काठमाडौं ।

लकडाउनमा म्याद सकिएका सवारी लाइसेन्स भदौसम्म नवीकरण गर्दा जरिवाना नलाग्ने कुरा  यातायात व्यवस्था विभागले जनाएको छ ।

चैत ११ पछिको लकडाउन अवधिमा लाइसेन्सको म्याद सकिएर पनि नवीकरण गर्न नपाएका सवारी धनीले जरिवाना तिर्नुनपर्ने भएको छ ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै लकडाउन अवधिमा म्याद सकिएका सवारी धनीले भदौ मसान्तसम्म नवीकरण गर्दा जरिवाना तिर्नुनपर्ने जानकारी दिएको हो ।

यसअघि पनि यस्तो सुविधा दिने भनिएपनि प्रणालीमा त्यस्तो छुट दिने गरी व्यवस्था नगर्दा यातायात कार्यालयले जरिवाना उठाएका थिए ।

अहिले विभागले सिस्टमलाई ‘मोडिफिकेसन’ गरेर भदौसम्म नवीकरण गर्दा जरिवाना नलाग्ने व्यवस्था गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *