अझै भेटिएनन् ३ वर्षअघि सेती नदीमा बेपत्ता भएका प्रहरी, परिवारको अवस्था यस्तो…

काठमाण्डौ । प्रहरी कार्यालय सहयोगीको दरवन्दीमा नियुक्त पाएका थापा मेसमा खान पकाउने आज भन्दा ३ वर्ष अघि अर्थात् २०७४ साल भदौ ३ गते डिउटिकै समयमा अत्याधिक मदिरा सेवन गरि सेती नदीमा बेपत्ता भएको प्रहरीको भनाई रहेको छ । ३ वर्ष अघि बेपत्ता भएका उनको हालसम्म पनि केहि पट्ट लागेको छैन ।

उनी बेपत्ता भएपछि घरवास र अन्य अर्थिक श्रोत पनि नभएकी उनकी श्रीमती ईन्दुकुमारी थापा र उनका दुई छोराछोरी अहिले निकै विचल्लीमा परेका छन् । घर परिवार चलाउनै धौधौ परेपछि श्रीमानको नाममा पाइने कट्टिपट्टि रकम मध्येबाट पेश्की स्वरुप भएपनि सामान्य घर घर्चका लागि उपलब्ध गराई दिनुपर्ने माग उनले अघि सारेकी छिन्।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी कुबेर कठायतले भने उनलाई  कानुनअनुसार प्रकृया पुर्याएर काम अघि बढाउन सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *