धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाण्डौ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिराहाको लहानका २२ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई यहि भदौ २ गते अस्पतालमा भर्ना गरिएको थियो भने उनीमा यहि आइतबार कोरोना संक्रमण पुष्टिभएको थियो ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा सोमबार दिउँसो उनको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *