भदौ १५ गतेसम्म उपत्यकामा स्थानीय तहका अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाण्डौ । कोरोना संक्रमितको संख्या बढेसँगै काठमाण्डौमा भदौ ४ गतेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको थियो भने यस अवधीमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार तथा व्यवसाय सञ्चालन गर्न निषेध गरिएको छ । यस्तै अब स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका अन्य सबै सेवा पनि भदौ १५ गतेसम्मका लागि बन्द गर्ने  उपत्यका नगरपालिका फोरमले निर्णय गरेको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उपत्याकामा कोरोनाको महामारी निकै उल्लेखीय मात्रामा बढ्दै गएकाले भदौ १५ गतेसम्म सेवा बन्द गर्ने निर्णय भएको फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताएका छन् । उपत्यकामा आज मात्र पनि २ सय २४ जनामा कोरोना पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *