बुटवल अस्पतालमा पनि सुरु गरियो प्लाज्मा थेरापी सेवा

काठमाण्डौ । सोमबारदेखि कोरोना संक्रमितको उपचारमा लुम्बिनी प्रदेशिक अस्पतालद्वारा संचालित बुटवल कोरोना विशेष अस्पतालले पनि प्लाज्मा थेरापी सेवा सुरु गरेको अस्पालतका फोकल पसर्न डा.सुर्दशन थापाले जानकारी दिएका छन् । बुटवलको कोरोना विशेष अस्पतालमा सुरु भएको उक्त विधि प्रदेश ५ मै पहिलो रहेको छ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस विधि अन्तर्गत कोरोना संक्रमितको शरीरमा रोगप्रतिरोधी क्षमता (एन्टिबडी) विकास भएका मानिसको रगतमा भएको प्लाज्मा पठाई रोगविरुद्ध लड्न सक्ने बनाउने बताइन्छ । बुटवलमा संक्रमित संख्या बढ्दै गएपछि उक्त सेवा सुरु गरिएको हो भने अव यो सेवा शुरु भएपछि कोरोना संक्रमणबाट जटिल अवस्थामा पुगेका बिरामीलाई पनि बचाउन सक्ने विश्वास लिइएको डा. थापाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *