कोरोनाका कारण सिराहामा एक युवकको मृत्यु

काठमाडौं । सोमबार कोरोना भाइरसको संक्रमणबाट सिरहाका एकजना २२ वर्षीय युवकको मृत्यु भएको छ । मुटुका रोगी रहेको उनलाई यहि आइतबार कोरोना पुष्टि भएको थियो भने उनी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेका थिए ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनको उपचारकै क्रममा मृत्यु भएको हो । उनी लागु पदार्थ सेवनकर्ता समेत भएको प्रतिष्ठानका प्रवक्ता दिनेश सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । केहि दिन यता कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या निकै बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *