गएको २४ घण्टामा ८ मृत्यु सहित यति धेरै संक्रमित

काठमाण्डौ । नेपालमा गएको २४ घन्टामा मात्र थप ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ । त्यस्तै गरि पछिल्लो २४ घण्टामा १ सय ७५ जना कोरोना मुक्त भएका छन् । यससँगै कुल संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ भने मृतकको संख्या १ सय ५७ पुगेको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस्तै गरि अहिलेसम्म १८ हजार ८ सय ६ निको भइसकेको छन् भने १३ हजार ७ सय १५ अझै पनि आइसोलेसनमा रहेका छन् । विभिन्न स्थानमा गरेर अझै पनि ११ हजार २ सय ७५ जना क्वारेन्टिनमा रहेका छन् । अहिलेसम्म कुल ६ लाख १० हजार ४ सय ६९ जनाको पिसिआर परिक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *