३० बर्ष पुरानो ग्यास्टिक पनि तुरुन्तै निको पार्ने यी घरेलु ओेैषधी……

काठमाण्डौ । ग्यास्ट्रिकलाई नेपालमा ‘राष्ट्रिय रोग’ संज्ञा दिइएको छ । खानपान गर्ने तरिका नमिल्दा ग्यास्ट्रिकको समस्याले सताउने गर्छ । ग्यास्ट्राइटिस भएकाले एसिडिक खानेकुरा तथा दुध प्रयोग गर्नु फाइदाजनक नरहेपनि दही भने फाइदाजनक हुन्छ । दहिमा पाइने प्रोबायोटिकले रोगीलाई राहत प्रदान गर्छ । त्यस्तै, केही अध्ययनका अनुसार दिनहुँ थोरै मात्रामा मदिरा सेवन गर्दा ग्यास्ट्राइटिस हुनबाट जोगाउने देखाएको छ ।

ग्यास्ट्राइटिसबाट पीडित रहेका मानिस चिया र कफीबाट बच्नुपर्छ तर ग्रिन–टीको सेवनले भने ग्यास्ट्राइटिसको सम्भावनालाई ४० प्रतिशत कम गर्ने विभिन्न अध्ययनले देखाएका छन् । यस्तै ग्यास्ट्राइटिसको समस्यापछि मसलेदार खानेकुराले समस्यालाई झन् बल्झाउने हुँदा यसको प्रयोग नगर्न सुझाईन्छ तर मसलेदार खानेकुरा आफैँले ग्यास्ट्राइटिस गराउन भने त्यति धेरै भूमिका खेल्दैन ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसका साथै सेतो पाउरोटी, पास्ता, चिनीयुक्त खाद्यपदार्थ (चिसो पेय पदार्थ, इनर्जी ड्रिंक्स), प्रशोधित वनस्पति तेल, तेलमा तारिएका खानेकुरा, प्रशोधित मासु (ससेज, ह्याम), ट्रान्स फ्याटलगायतका खानेकुरा पनि ग्यास्ट्राइटिस भएका व्यक्तिले प्रयोग गर्नुहुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *