कोरोना संक्रमित अभियुक्त आइसोलेसनबाट भागेपछि

काठमाण्डौ । लागूऔषध मुद्दामा पक्राउ परेका कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेले उनलाई लागूऔषध सहित पक्राउ गरेको थियो भने चार दिन अघि मात्र उनलाई केन्द्रको आइसोलेसनमा पठाईएको थियो ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

खजुरास्थित कृषि तालिम केन्द्रमा बनाइएको आइसोलेसन सेन्टरबाट ती थुनुवा भागेको बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले पुष्टि गरेका छन् । फरार रहेका व्यक्तिको खोजीमा अहिले प्रहरी टोली परिचालित गरिएको छ भने संक्रमित व्यक्ति भागेसँगै आइसोलेसनको सुरक्षामा खटिएका प्रहरी अधिकारीमाथि पनि अहिले छानविन सुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *