एउटै कार्यालयका ९ कर्मचारीमा कोरोना संक्रमण

काठमाण्डौ । रुकुम पश्चिमको एक सरकारी कार्यालयमा ९ जना कर्मचारीमा एकैपटक कोरोना संक्रमण पुष्टि भएको छ । यहि साउन २८ गते नेपालगञ्जबाट रुकुम पश्चिम गएका कार्यालय प्रमुखको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएसँगै उनको कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा थप ९ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन ईश्वर रावलले जानकारी दिएका छन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

रुकुम पश्चिममा सोमबार मात्रै १८ जना नयाँ संक्रमित थपिएका छन् जसमध्ये १० जना सरकारकी कार्यालयका कर्मचारी, तीन जना सुरक्षाकर्मी, दुई जना भारतबाट आएका व्यक्ति तथा तीन जना सानीभेरी गाउँपालिकाका वासिन्दा रहेको कोरोना फोकल पर्सन रावलले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *