बस्तीमाथि रहेको ढुङ्गाका कारण ३५ घर जोखिममा

काठमाण्डौ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीको नेगीगाँउमा बस्ती माथि रहेको ठूलो ढुङ्गाले ३५ परिवार जोखिममा परेको छ । पाँच वर्षअघि गएको विनाशकारी भूकम्पको समयमा डगमगाएको ढुङ्गा अहिलेको बर्साततले बग्न थालेपछि नेगीगाउँ जोखिममा परेको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताएका छन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

दुईतले घरभन्दा ठूलो आकारको उक्त ढुङ्गाले आफ्नो सतह छाडेर बग्न थालेपछि गाउँपालिका स्तरीय विपद् व्यावस्थापन समितिले ढुङ्गा हटाउनका लागी जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गरेको छ । ढुङ्गा निकै ठुलो आकारको भएकाले गर्दा विस्फोट गराई हटाउनुपर्ने र नेपाली सेनामार्फत तत्कालै ढुंगा हटाउन आवश्यक रहेको’ भन्दै जिल्ला विपद् व्यवस्थापन समितिलाई पत्राचार गरिएको गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *