जंगली च्याउ खाँदा ४ जना गम्भीर बिरामी

काठमाण्डौ । डोल्पाको ठूलीभेरी नगरपालिकामा जंगली च्याउ खाएको कारण ४ जना गम्भीर बिरामी भएका छन् । यहि आइतबार साँझ खानासँग जंगली च्याउ खाएका ठूरीभेरी नगरपालिका–७, का ३३ वर्षीय उत्तमबहादुर शाही, ३१ वर्षीय सुर्यबहादुर साही, वडा नम्बर ८ का ३३ वर्षीय कमलबहादुर शाही तथा ४४ वर्षीय को सत्यबहादुर शाही गम्भीर बिमारी  परेका प्रहरीले  जनाएको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

च्याउ खाएर उनीहरु आइतबार साँझ नै बिरामी परेको भएपनि प्रहरीले भने सोमबार बिहानमात्र खबर पाएको थियो । एकै हेलिकप्टरमा नअटेका कारण पहिलो खेपमा ३ जनालाई सिम्रिक एयरको हेलिकप्टरमार्फत सुर्खेत ल्याएको छ भने अर्का एकजनालाई भने छुट्टै हेलिकप्टरबाट नेपालगन्ज पठाउने तयारी भएको डीएसपी रञ्जितकारले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *