निषेधाज्ञापछिको तरकारी बजार : कुन तरकारीको मूल्य कति ?

काठमाण्डौ । कोरोना संक्रमण बढेसँगै काठमाण्डौ उपत्यकाका तिनवटै जिल्लामा अहिले निषेधाज्ञा घोषणा गरिएको छ जसले विभिन्न क्षत्रमा प्रभाव पारेको छ । यसको असर तरकारीको मुल्यमा पनि देखिएको छ । लकडाउनकै कारण धेरै मूल्य नबढे पनि अघिल्लो महिनाको तुलनामा भने तरकारीको मूल्य निकै आकाशिएको छ ।

साउन ९ गतेको तुलनमा गोलभेँडाको मूल्य २ सय ४४ प्रतिशतसम्म बढेको पाइएको छ भने सबैभन्दा बढी खपत हुने आलु, प्याज, काउली, मुला, सीमी लगायत तरकारीहरुमा पनि ५० प्रतिशतको हाराहारीमा वृद्धि देखिएको छ । त्यस्तै गोलभेँडा, फर्सी, तितेकरेला, हाइब्रिड काँक्रो, माछा, भटमासकोसा, खुर्सानी, च्याउ लगायतको मूल्य भने घटेको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

लकडाउन भएसँगै ५ दिनको अवधिमा कागतीको मूल्य पनि करिब ४८ प्रतिशतले बढेको छ भने स्थानीय काउली, प्याज, हरियो भिन्डि, मुला, रायो, चम्सुर, सुकेको प्याज, काँक्रो लगायतका तरकारीको मूल्य २० प्रतिशतसम्म बढेको छ । त्यस्तै गरि आलु, गाजर, बोडी, सीमी, लौका, चिचिन्डो, फर्सी गान्टेमूला, कुरिलो जस्ता तरकारी मेवा, कटहर, नासपाती जस्ता फलफूलको मूल्य भने स्थिर नै देखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *