अब खल्तीबाटै पिइएको शुल्क तिर्न सकिने

काठमाडौं । इन्जिनियरिङ्गको इन्ट्रान्स तयारी गर्ने विद्यार्थीले अब खल्ती डिजिटल वालेटबाट पिइए एसोसिएशनको शुल्क तिर्न सक्ने भएका छन् । खल्तीले पिइएसँग शुल्क भुक्तानी गर्ने सम्बन्धी सम्झौता गरेको छ भने अब खल्तीका ग्राहकले खल्ती बजारमा रहेको पिइए एसोसिएशनको मेनुमा ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्ने भएका छन् ।

यस्तैगरि पिइएको वेवसाइटबाट पनि विद्यार्थीले यो सुविधाको उपयोग गर्न सक्नेछन् । १३ लाखभन्दा बढि प्रयोगकर्ता रहेको खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो बहने यसबाट विभिन्न किसिमका शुल्क तिर्ने जस्ता धेरै धेरै सेवाहरु लिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *