पहिलोपटक प्लाज्मा थेरापी गरेका धरानका कोरोना संक्रमितको मृत्यु

काठमाण्डौ । धरानस्थित बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा पहिलोपटक प्लाज्मा थेरापी गरिएका ६८ वर्षीय पुरुषको निधन भएको छ। धरान उपमहानगरपालिका ८ निवासी पुरुषको आइतबार कोभिड अस्पतालमा उपचारका क्रममा निधन भएको बीपी प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा. संजिवकुमार शर्माले जानकारी दिएका छन्।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

पन्ध्र दिन अघि फोक्सोमा इन्फेक्सन भएका कारण उनलाई अस्पतालमा भर्ना गरिएको थियो भने उनमा कोरोना पोजिटिभ देखिएपछि उनको प्लाज्मा थेरापी गरिएको थियो । आइतबार उनको दोस्रो पटक प्लाज्मा थेरापी गर्ने तयारी चलिरहँदा उनको मृत्यु भएको हो । यससँगै धरानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *