सीबीआईको कठघरामा रिया चक्रवर्ती

काठमाडाैं । सुशान्त आत्महत्या प्रकरण छानबिन गर्नका लागी सीबीआईले अनुमती प्राप्त गरेसँगै अहिले अनुसन्धान तीव्र गतिमा अगाडि बढिरहेको छ भने सीबीआईले यस केसमा रिया चक्रवर्तीलाई सोधपुछ गर्ने भएको छ। यस अन्तर्गत रियालाई सोधपुछका लागि सोमबार बोलाइने आजतकले जनाएकाे छ।

रियामाथि सुशान्त केसमा धेरै प्रकारको आरोप लगाइएको छ भने उनले अहिले निकै खरो आलोचनाको सामना गरिरहेकी छिन् । साथै सुशान्तका बुबा केके सिंहको एफआईआरमा समेत रियामाथी धेरै गम्भीर आरोप लगाइएको छ। रियाललाई सुशान्तमाथि ब्ल्याकमेल गर्नदेखि उनको खाताबाट पैसा निकालेको आरोप समेत लगाइएको छ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सीबीआईले रियासँग यी सबै पक्षको जवाफ माग्ने भएको छ । सीबीआईले रियालाई निअकी कडा प्रश्नहरू सोध्न सक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *