कोरोनाबाट बच्न मास्क लगाउने डब्लुएचओको नयाँ नियम

काठमाण्डौ । कोरोनाको महामारीबाट बच्नका लागी मास्क लगाउने विषयमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले १२ वर्षदेखि माथिका बालबालिकाका लागि नयाँ निमय जारी गरेकाे छ । डब्लुएचओले वयस्क व्यक्तिका लागि लागू गरेको नियम १२ वर्षदेखि माथि उमेरका बालबालिकालाई पनि पालना गराउन सबैमा आग्रह गरेको हछ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

१२ वर्ष माथिका बालबालिकाको कोरोना संक्रमण फैलाउन वयस्क समुहको सरह नै हात रहने बताउँदै संगठनले उक्त नियम बनाएको हो । यसका साथै ६० वर्षका कम उमेरका मानिसहरुले पनि कम्तिमा पनि कपडाको मास्क लगाउनुपर्ने बताएको छ । त्यस्तै गरि ६० वर्षभन्दा बढी उमेरका मानिस तथा विरामीले भने मेडिकल मास्क लगाउनुपर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *