चितवनमा ५ वर्षीय बालकसहित थप १२ जनामा संक्रमण पुष्टि

काठमाण्डौ । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको २ सय ९ जनाको नमुना परीक्षणमा चितवनमा थप ७ जना महिला र ५ जना पुरुष गरि कुल १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्य एक पाँच वर्षीय बालक पनि रहेको डा. नीतु अधिकारीले जानकारी दिइन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

संक्रमितहरु सबै भरतपुर महानगरपालिकाका रहेका छन् । महानगरपालिकाका वडा नं., ७, ९, १०, ११ र १२ का  मानिसमा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *