विराटनगरमा थप एक संक्रमितको मृत्यु :

काठमाण्डौ । विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ भने यससँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १० पुगेको छ ।

मृत्यु हुनेमा विराटनगर–८ का ६५ वर्षीय पुरुष रहेको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिएका छन् । उनको यहि आइतबार राती करिब १० बजेतिर कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको हो ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मृतक पुरुष संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति हुन् बहने उनको भदौ ४ गते स्वाब संकलन गरिएको थियो र आइतबार उनलाई कोरोना पुष्टि भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार बेलुकी नै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *