मुख्यमन्त्री भट्टका सवारी चालकलाई कोरोना पुष्टि

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीका सवारी चालकलाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ भने चालकलाई संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री त्रिलोचन भट्ट अहिले आफ्नो निजी निवासमा होम क्वारेन्टाईनमा बसेका छन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनको स्वाब परीक्षणको तयारी भइरहेको मुख्यमन्त्रीका स्वकीय सचिव शिव ओलीले बताएका छन्। यसअघि शुक्रबार पनि मुख्यमन्त्री भट्टको स्वाब परीक्षण गरिएको थियो तर रिपोर्ट नेगेटिभ आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *