अमेरिकामा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति

काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापीको प्रयोग गर्न अमेरिकाले अनुमति दिएको छ । ह्वाइट हाउसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त  कुराको जानकारी दिएका हुन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

ट्रम्पले एक अनुसन्धानबाट प्लाज्मा थेरापीबाट मृत्यु दरलाई हालको अनुरुप ३५ प्रतिशतले कम गर्न सकिने पत्ता लागेको बताउँदै कोरोना संक्रमणबाट निको भएकाहरुलाई प्लाज्मा दान गर्न उनले आह्वान गरेका छन् । अमेरिकामा हाल विश्वका सबैभन्दा धेरै ५६ लाख ९९ हजारभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित छन् भने १ लाख ७६ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *