मनमोहनको ३३३ शय्याको अस्पताल अब कोरोना संक्रमितका लागि

७ भदौ, काठमाडौं ।

कोरोना भाइरसले म*हामा*रीको रुप लिएको पनि निकै लामो समय भइसकेको छ । यसले सबैलाई प्र*भावित पारेको छ । हरेक दिन सं*क्रमित तथा मृ*तकको संख्या ब*ढी नै रहेको छ ।

कोरोना संक्रमितलाई आइसोलेसनमा राख्ने एवं आवश्यक उपचारको लागि मनमोहन अस्पतालले तथा मेडिकल कलेजले काठमाडौंको दहचोकमा ३३३ शय्याको अस्पतालबाट सेवा दिन सुरु गरेको छ ।

मेडिकल कलेजले भदौ २ गतेदेखि कोरोनाका बिरामीहरूको उपचार सुरु गरेको अस्पतालको सञ्चालक नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडका अध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । ७ वटा ल्याबसहित सञ्चालनमा आएको सो अस्पतालमा हालसम्म ६८ जना कोरोना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिएको छ ।

क्वारेन्टिन सञ्चालन गर्नका लागि नेपाल सरकारले गरेको अनुरोधलाई स्वीकार गर्दै कोभिडका बिरामीको उपचारका लागि सरकारलाई भौतिक संरचना उपलव्ध गराए पनि कोभिड १९ का बिरामीहरुको उपचार तथा अस्पताल सञ्चालन मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भुबाट नै गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा लेखिएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *