उपत्यकामा खाद्यान्न र तरकारी पसलको लागी नयाँ समय तालिका :

काठमाडौं । दिनहुँ उल्लेखीय मात्रामा संक्रमित थपिएसँगै उपत्यकामा भदौ ३ गते मध्यरात देखि निषेधाज्ञा घोषणा गरिएको थियो भने अब यस अवधिभर काठमाडौं, भक्तपुर तथा ललितपुरमा खाद्यान्न तथा तरकारी पसल खोल्ने समय बिहान ९ः१५ बजे सम्मलाई तोकिएको छ ।

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले उक्त निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

औषधि, पानी तथा स्वास्थ्य सामग्री विक्री वितरण गर्ने पसल भने जुनसुकै समयमा पनि निर्वाद रुपमा चलाउन सकिने भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकालले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *