कपिलवस्तुमा भदौ १५ सम्म निषेधाज्ञा

काठमाण्डौ । यसअघि कपिलवस्तुमा भदौ ७ गतेसम्म जारी गरिएको निषेधाज्ञा पुन ८ दिन थप गरिएको छ । आइतबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकबाट कोरोनाको जोखिम कायमै रहेका भन्दै भदौ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताएका छन् ।

यस अवधिमा अत्यावश्यक बाहेकका सबै प्रकारका व्यवसाय सञ्चालन गर्न पाइदैन भने बैङ्क तथा वित्तीय संस्थाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड अपनाएर दैनिक विहान ८ बजेदेखि विहान १० वजेसम्म न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्न सक्ने छन् । त्यस्तै उद्योग धन्दा तथा कलकारखानाले पनि मापदण्ड अपनाएर कार्य सुरु गर्न पाउनेछन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

खाद्यान्न तथा तरकारी किनमेलका लागि दैनिक बिहान ८ बजेदेखि १० बजेसम्मको समय छुट्याइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *