बुटवलमा कोरोना संक्रमणबाट दुइजनाको मृत्यु

काठमाण्डौ । बुटवलमा कोरोना भाइरस संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षीय महिला र समरीमाई गाउँपालिका– २ का ३८ वर्षीय पुरुषको मृत्यु भएको प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

६७ वर्षीय महिला दीर्घरोगी, उच्च रक्तचाप र मिर्गौलाको समस्याबाट पीडित थिइन् । उनीहरु दुवैजनाको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा भेन्टिलेटरमा राखी उपचार गर्दागर्दै मृत्यु भएको हो भने यससँगै रुपन्देहीमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *