बारामा ४० बोरा अवैध रासायनिक मल बरामद

काठमाण्डौ । बारामा स्थानीय प्रशासनले भारतबाट तस्करी गरेर ल्याएको रासायनिक मल बरामद गरेको छ । आइतबार बिहान बाराको सिम्रौनगढ गाउँपालिका अन्तर्गतका ४ वटा सिमा नाका अनुगमन गर्ने क्रममा ९ वटा मोटरसाइकलमा तस्करी गरी ल्याउँदै गरेको ४० बोरा रासायनिक मल बरामद गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिएका छन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

बरामद गरिएको मल वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *