करेन्ट लागेर ८ वर्षीय बालकको मृत्यु

काठमाण्डौ । कपिलवस्तुमा एकजना बालकको करेन्ट लागेर मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका ७ धम्कौलीका सन्तोष शुक्लाका ८ वर्षीय छोरा मन्तोषको खेल्ने क्रममा पानी तान्ने मोटर जडान भएको मेसिनमा करेन्ट लागेर मृत्यु भएको प्रदेश ५ प्रहरी कार्यालयले जनाएको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

करेन्ट लागेपछि बालकलाई उपचारका लागी जिल्ला अस्पताल तौलिहवा लगिएको भएपनि उनको मृत्यु भएको प्रदेश ५ प्रहरी कार्यालयले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *