करण जोहर ट्वीटरमा फिर्ता, फेरी बने ट्रोलको शिकार

काठमाण्डौ । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि नेपोटिजमको मुद्दाको विषयमा सोसल मिडियामा निकै आलोचना खेप्नु परेपछि चर्चित फिल्मनिर्माता करन जोहर सोसल मिडियाबात टाढिएका थिए । दुइ महिनापछि अब उनी बिस्तारै सोसल मिडियामा फिर्ता आएका छन् भने गत शनिबार उनले ट्वीटरमा फिर्ती जनाएसँगै उनले ट्रोलिङको सामना गर्नुपर्यो ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

महिनौंपछि गरिएको उनको ट्वीटर पोस्टमा विभिन्न किसिमका नकारात्मक प्रतिक्रिया आइरहेका छन् । उनलाई दर्शकहरुले नेपोटिजमको खम्बा रहेको बताउँदै उनको सबै चलचित्र वहिष्कार गर्ने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *