बाग्मती नदीमा डुबेर ३ बालिका बेपत्ता

काठमाण्डौ । रौतहटको धर्मपुरस्थित बाग्मती नदीमा ३ जना बालिका डुबेर बेपत्ता भएका छन् । गढिमाई नगरपालिका- ७ कि १० वर्षकी पिंकुकुमारी मुखिया, १२ वर्षकी सुजिता कुमारी दास तथा १० वर्षकी चञ्चलकुमारी मुखिया बेपत्ता भएका रौतहटका प्रहरी उपरीक्षक रविराज खडकाले जानकारी दिएका छन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सँगै नुहाउन गएकी अर्चना कुमारी मुखियाले बालिकाहरु डुब्दै गरेको देखेपछि स्थानीयलाई खबर गरेकी थिइन् भने अहिल ती बालिकाहरुको खोजीमा स्थानीय वासिन्दा, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *